देश

दूध, अण्डा र कुखुराको मासुमा मात्रै नेपाल आत्मनिर्भरता : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालले धान र चामलमा अझै आत्मनिर्भरता हासिल गर्न नसकेको स्पष्ट पारेका छन्। संसद्मा सांसद प्रेस सुवालले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाल नेपालमा दूध, कुखुराको मासु र अण्डामा मात्र आत्मनिर्भरता रहेको जानकारी गराए। अन्य खाद्यान्न उत्पादनमा भने देशले अझै पनि बाह्य आपूर्तिमाथि निर्भर रहनु परेको उनको भनाइ छ।

मन्त्री अधिकारीका अनुसार, नेपालले धान, मकै, गहुँ लगायतका खाद्यान्न बालीमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ रासायनिक मल, गुणस्तरीय बिउ विजन र सिँचाइको उचित व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको छ। चालु आर्थिक वर्ष २०८१र८२ मा यी आधारभूत तत्वहरूको सहज आपूर्तिका लागि सरकारले प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी उनले दिए।

मन्त्री अधिकारीले आगामी आर्थिक वर्षमा मौसम अनुकूल रहे, धान, मकै, गहुँलगायतका खाद्यान्न बालीको उत्पादन २।६७ प्रतिशत र नगदे बालीको उत्पादन २।०१ प्रतिशत ले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको बताए। सरकारले अवलम्बन गरेका नयाँ नीतिहरूले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै लैजाने विश्वास मन्त्री अधिकारीले व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *