देश

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिएका छन्।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनुका साथै समसामयिक विषयमा पनि विचारविमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *