देश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । सहरकारी ठगी प्रकरणमा हिरासतमा रहेकी नेपाली काँग्रेसकी सांसद माया राईलाई धरौटीमा छाड्ने आदेश भएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

राई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी थिइन् । राई २०७४ सालमा सो सहकारीकी सहसचिवको भूमिकामा रहेकी थिइन् ।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा करिब ५ हजार ६ सय ६९ जना बचतकर्ताबाट २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँभन्दा बढी ठगी भएको अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक उजुरीमा मात्रै ६९० जना पीडितले १ अर्ब १९ करोड रुपैयाँ ठगी भएको दाबी गरेका थिए ।

यस प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा मुद्दा दायर गरिएको थियो । मुद्दा दर्ता हुँदा मुख्य अभियुक्तसहित ३४ जना फरार रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *