राजनीति

संघीय संसदका दुवै सदनको वैठक बस्दै

 

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बैठकको सम्भावित कार्यसूचीमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल समावेश गरिएको छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्ने तय भएको छ।

संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार दुवै सदनमा ‘कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ विषयक छलफल प्रारम्भ हुने सम्भावना छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते प्रतिनिधिसभामा सो विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम पनि बहुमतले पारित भएको थियो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *