देश

भारत–पाकिस्तान तनावबीच सभामुखको निर्देशन : नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्नु

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावलाई ध्यानमा राख्दै सभामुख देवराज घिमिरेले दुवै देशमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत–पाकिस्तानको विवादको असर दुवै देशमा रहेका नेपालीहरूमाथि पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

सभामुख घिमिरेले भने, “भारत–पाकिस्तानबीचको परिस्थितिलाई दृष्टिगत गर्दै, त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा पर्न सक्ने सम्भावित समस्याको उचित व्यवस्थापनका लागि नेपाल सरकार गम्भीर होस्।”

सभामुखको यो रुलिङ संसदमा प्रस्तुत भएको सामयिक सुरक्षा चिन्तालाई सम्बोधन गर्ने पहलका रूपमा आएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *