जलश्रोत/उर्जा

प्रदीप अधिकारीको नियुक्तिमा पूर्वमन्त्री प्रेम आलेको खुलासा : पोखरामा भन्दा भैरहवा विमानस्थलमा बढी भ्रष्ट्राचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नियुक्तिमा गरेको गल्तीको खुलासा गर्दै ठूलो चर्को आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले “माथिको दबाब” का कारण भ्रष्ट व्यक्तिलाई महानिर्देशकमा नियुक्ति दिनु परेको बताए।

आलेले भने, अमरेश माननीयले भनेजस्तै जुनियर मान्छेलाई डिजी बनाइयो, हो बनाइयो, तर थाहा थिएन कि त्यो व्यक्ति सज्जन हो कि चोर,उनले थपे, मेरो डुंगा त्यस्तो ठाउँमा डुब्यो जहाँ पानी कम थियो, मलाई मेरा आफ्नै मानिसहरूले लुटे।

पूर्वमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भ्रष्टाचारलाई ‘ट्रेलर’ भनेको र अब भैरहवा विमानस्थलमा सम्पूर्ण भ्रष्टाचारको ‘फिल्म’ आउन लागेको दाबी गरे। उनले भने, “पोखराको त ट्रेलर हो, भैरहवा हेरौँ न, त्यहाँ २३ अर्बको जग्गा खरिद गरेर भ्रष्टाचार गरिएको छ। जहाँ हजारौं भैँसी चरिरहेका छन्, माछा मारिएको छ।”

सांसद अमरेश कुमार सिंहले पनि शासनको पद्धतिमा सुधारको आवश्यकता औँल्याउँदै आरोप लगाए कि ूहाम्रो मान्छेबाट शासन चलाउने कारण यस्तो भ्रष्टाचारको अवसर प्राप्त भएको हो। आलेले प्रस्तुत गरेको खुलासाले प्रदीप अधिकारीको नियुक्ति र त्यसको परिणाम स्वरूप भएका भ्रष्टाचारको विषयलाई प्रमुख बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *