देश

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौँ। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेशी तोकिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुनेछ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसहितले दायर गरेको रिट निवेदनमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका साथै पूर्वमुख्य सचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायतलाई विपक्षी बनाइएको छ।

निवेदनमा २०६६/६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णय गरेको उल्लेख छ। त्यस्तै, २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम गर्ने निर्णय भएको र सो निर्णयमा लिलामणि पौड्यालले नक्कली मोही खडा गर्ने निर्णय गरेको आरोप लगाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *