काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको महत्वपूर्ण बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्दैछ।
पार्टीका सह-महामन्त्री जीवन परियारका अनुसार, बैठकमा हालै सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा उठेका विषयहरूमाथि विस्तृत छलफल गरिनेछ। साथै, यही वैशाख १७ गते बस्न गइरहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका सम्भावित एजेन्डाहरू पनि बैठकको केन्द्रबिन्दुमा रहनेछन्।
बैठकले पार्टीको वर्तमान राजनीतिक धारणालाई स्पष्ट पार्नुका साथै आगामी रणनीति तय गर्न सहयोग पुग्ने कांग्रेस नेताहरूको अपेक्षा रहेको छ।




