देश

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा, सिंहले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा निस्केका छन् । उनी बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन आज बैंकक प्रस्थान गरेका हुन् । उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रशासनिक कार्य सञ्चालन गर्न संविधान अनुसार उक्त निर्णय लिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले थाइल्याण्ड भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, उनले बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । उनी चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *