देश

तीनकुनेमा गृहमन्त्रीको चासो: तोडफोड र आगजनीको क्षति अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूको तोडफोड र आगजनीबाट पुगेको क्षतिको तीनकुने क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको क्रममा विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी भएपछि गृहमन्त्री लेखक अनुगमनमा निस्किएका हुन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको थियो । प्रदर्शनका दुई जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार उनले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी परिस्थितिको समीक्षा गर्नेछन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *