काठमाडौं । प्रदर्शनकारीलाई अराजक बनाएर राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई तीनकुनेबाट बाहिरिएका छन् ।
प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी, तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने, बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गर्न लाग्दा प्रसाई निजी गाडीमा बसेर बाहिरिएका हुन् ।




