देश

कर्मचारीको प्रतिवेदन सार्बजनिक गर्दै बालेनले भने- गलत भए मलाई जेल हाल !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् ।

काठमाडौँ भ्यू टावर बारे आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै बालेनले यो गलत भए आफुलाई जेल हाल्न चुनौति दिएका हुन् ।

फेसबुकमा लेख्दै बालेनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारी करार गरेका छन् । उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने रु माथिको कुरा गलत भए मलाई जेल हाल ।’

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले बनाएको छानविन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंको गल्ति नभएको प्रतिवेदन दिएपछि बालेनले उक्त प्रतिवेदन नै बुझ्न मानेक थिएनन् । त्यसपछि बालेनले महानगरकै तीन विभागीय प्रमुखहरुलाई लेख्न लगाएको प्रतिवेदन आज फेसबुकमार्फत सार्बजनिक गरेका हुन् ।

https://www.facebook.com/balenOfficial

May be an image of text

May be an image of text

May be an image of ticket stub and text

May be an image of text

May be an image of text

 

 

May be an image of text

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *