देश

महामन्त्री थापाको कडा प्रहार: सरकारका गल्तीहरू सार्वजनिक गर्छौँ

नवलपरासी पश्चिम । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारले गरेका राम्रा कामलाई पनि एउटै नराम्रो कामले ओझेलमा पार्ने भएकाले काङ्ग्रेसले सरकारको कामको खबरदारी गर्नुपर्ने बताएका छन्।

नेपाली काँग्रेस पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै थापाले प्रदेशलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न नसक्दा र अझै पनि केन्द्रीकृत मानसिकताका कारण जनतामा प्रदेश संरचनाप्रति असन्तुष्टि रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जिल्लामा पार्टीभित्र देखिएको गुटगत अन्तर्द्वन्द्व मिलाएर पार्टीलाई एक बनाउनुपर्ने बताए। केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा १ का सांसद विनोद चौधरीले आफ्नो क्षेत्रमा विकास निर्माण तथा नीतिगत सुधारका लागि तदारुकताका साथ काम गरिरहेको दाबी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *