काठमाडौं। सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। गृह मन्त्रालयले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिराहाको प्रमुख जिल्ला अधिकारीमा पठाएको छ।
सिराहामा महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्ने विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएपछि यो निर्णय आएको हो।




