
कास्की।पोखरा महानगरपालिका–२१ स्थित सार्वजनिक जग्गामा बनेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको छ।
शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका दीपक सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए भने अपशब्द बोलेका थिए ।
संरचना हटाउन नगर प्रहरी पुगेपछि रोकिएको थियो।‘मैले राज्यको नियम पालना गराउन गएको हुँ। तर मैमाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भयो,’ अध्यक्ष सुवेदीले भने।
‘सार्वजनिक जमिन अतिक्रमण गरी संरचना बनाएको खबर पश्चात् सो संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र आक्रमण भएको थियो।