देश

पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान हुनेछन्: गृहमन्त्री

काठमाडौं।गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान गर्न गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका छन् ।

उनले मंगलबार एक्स (ट्विटर)मार्फत् विवाद समाधान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका हुन् ।

‘पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माण बारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ,’ गृहमन्त्री लेखकले लेखेका छन् ।

गृहमन्त्री लेखकले वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

‘वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *