राजनीति

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं। संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल जारी रहेको छ । साथै, केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका बिधेयक तिब्रताका साथ पारित गर्ने लगायतका बिषयमा छलफल भइरहेको छ । र, दुई दिनसम्म चल्ने बैठकले माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *