राजनीति

रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित

रूपन्देही । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।

मंगलबार हवाईमार्ग हुँदै भैरहवा पुगेका लामिछाने आज बिहान साढे नौ बजे अदालतमा उपस्थित भएका हुन् ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रूपन्देही जिल्ला अदालतमा रवि विरुद्ध मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *