राजनीति

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न उम्मेदवारी दर्ता शुरु भएको छ ।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि अखिल क्रान्तिकारीको आज (मंगलबार) उम्मेदवारी दर्ता भएको हो ।

विद्यार्थी सङ्गठनमा ३२ वर्षे उमेर हद कायम भएपछि आज बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय भएको छ । उम्मेदवारले परिचय खुल्ने कुनै कार्ड भएमा आआफ्नो प्रदेश बाट उम्मेदवारी दर्ता अनलाइन मार्फत् भइरहेको छ ।

आगामी ९ गते उम्मेदवारको दाबी विरोधको छानबिन पछि नामावली प्रकाशन, माघ १० गते उम्मेदवारको नामावली प्रकाशित गर्ने, माघ १२ गते बिहान ९ देखि ४ बजे सम्म नेतृत्व चयन गर्न मतदान हुने कार्यतालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *