राजनीति

पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी गरी गलत प्रचार गरिएकोमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी गरी विभिन्न सामाजिक सन्जालहरूमा नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित प्रचार गरिएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

आइतबार साँझ नेपाली कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गरी उक्त कार्य गरेकोमा कांग्रेसले गम्भिर आपत्ति जनाएको र गैरकानुनी कार्य गर्नेमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको जानकारी दिए ।

नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेसले हतास मनस्थितिबाट गरिएका घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । साथै कांग्रेसले भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *