देश

न्यायालयमा भएको भ्रष्टाचारप्रति न्यायाधीश रेग्मीकाे अक्रोस

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले न्यायालयमा भ्रष्टाचार भएको भन्दै आक्रो पोखेका छन् । बिहीबार न्यायाधीश समाजको कार्यक्रममा बोल्दै न्यायाधीस पोखरेलले न्यायालयमा भ्रष्टाचार गर्नुजस्तो नीच काम अर्को कार्य कही नहुने भन्दै आक्रोस ब्यक्त गरेका छन् । स्वच्छ र सफा न्यायलय बनाउन पत्रकारहरुको अहम भूमिका रहने भन्दै उनले पत्रकारहरुलाई न्यायालयमा भएको भ्रष्टाचारका विषयमा कलम चलाउन समेत आग्रह गरे । न्यायाधीश रेग्मीले कुन न्यायाधीशले कति भ्रष्टाचार गरेको किटान गरेर लेख्न आग्रह गरेका छन् । न्यायाधीस रेग्मीले भ्रष्टाचारका कारण पीडितले न्याय नपाउने र पीडकलाई उन्मुक्ति हुने भन्दै पैसाको चलखेल बन्द गर्न आवश्यकता रहेको औँल्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *