राजनीति

सहकारी ठगी प्रकरणका रविलाई बचाउने सोचका प्रचण्डलाई सत्ता परिवर्तन किन आवश्यक ?

काठमाडौं । बारम्बार सत्ता परिवर्तन गरेर देशमा राजनीतिक वृतमा द्वन्द्व स्थापित गराउन सफल भएका प्रचण्ड सत्ताबाट चिप्लिएपछि सडकबाट सत्तामा पुनः पुग्ने सपना देख्न थालेका छन् । सहकारी गठी प्रकरणमा अनुसन्धान गर्नुको सट्टा सहकारीका आरोपितलाई नै गोजीमा लुकाएर हिन्न माहिर भएका प्रचण्ड पुनः सहकारी ठगीका अभियुक्तलाई छुटाउने लाइनमा छन् । तर सहकारी ठगी प्रकरणमा मुछिएकाहरुमाथि संगठित अपराध, जाल साझिँ, किर्ते र सम्पति शुद्धिकरणको मुद्धा सरकारले चलाइसकेकाले प्रचण्डले बोलेजस्तो सजिलो परिस्थिति भने छैन् ।

संघीय संसदका सबै भन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बनेको प्रधानमन्त्री ओली नेतृत्वको सरकार निकै बलियो छ । प्रचण्डको बोलीमा विश्वास नभएको आम नागरिकले बुझिसकेका छन् । पूर्व प्रधानमन्त्री समेत भइसकेका प्रचण्डले एक दिन एक बचन र अर्को दिन अर्को बचन फेर्ने गरेका छन् ।

स्थानीय तहको उपनिर्वाचनदेखि आगामी २०८४ को निर्वाचनमा समेत कसैँसँग गठबन्धन नगर्ने घोषणा गरेका प्रचण्डले स्थानीय तहको उपनिर्वाचनदेखि नै ठबन्धनको सुरुवात गरेका छन् । माओवादी केन्द्रले स्थानीय तहको आगामी मंशिर १६ मा हुने उपनिर्वाचनमा जसपासँग सहकार्य गरेर अगाडी बढ्ने भन्दै कीर्तिपुर नगरपालिका वडा नं १ को उपनिर्वाचनका लागि बनाएको उमेदवार अष्टमान महर्जनलाई बाटोबाटै फर्कन बाध्य पारे।

महर्जन आइतबार कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा टीका माला लगाएर उमेदवारी दर्ता गर्न निस्किएका थिए । तर जसपासँग गठबन्धन गरेर एक नम्बर वडालाई सहयोग गर्ने सुचना दिएपछि महर्जन निराश भएर फर्कनु् परेको थियो । प्रचण्डले कसलाई कुन बेला उचाल्ने र कसलाई कतिबेला पर्छार्ने हुन भन्ने टुङ्गो जनताले पाउन सकेका छैन ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) यस्तै अरुलाई ढाँट्ने बोली फेर्ने कुराले विवादित रहेका छन् । यो विषय आम नागरिकहरुले बुझिसकेका छन् । त्यसैले माओवादी पार्टी कम्जोर हुँदै गएको छ । पाटीभित्रको विवाद आन्तरिकमा समाधान गर्नुको सट्टा बाहिर ल्याएर नेताहरुबीच द्वन्द्व सिर्जना गर्ने विषयमा समेत प्रचण्ड खपिस छन् । सो कारण प्रचण्डको शिखर विस्तारै गिर्दै गएको देखिन्छ ।

प्रचण्डले ‘कान्तिपुर कन्क्लेभ’ का क्रममा बुधबार ९२८ कार्तिक० ‘कांग्रेस–एमालेको समीकरण टुटेर आफूलाई सत्ताको अफर गर्न नआइदिए हुन्थ्यो’ भन्ने ‘कामना’ गरेका थिए। २०८४ को आम चुनावसम्मै यस्तो अफर नभइदिए हुन्थ्यो भन्ने उनको भनाइ थियो। तर, २०८४ को आमचुनावसम्म विपक्षमा रहने मन गरेका प्रचण्डले एक हप्ता नबित्दै सत्तामा पुग्न आफुहरुले जादुको छडि घुमाउने बताए । मंशिर १ गते बसेको प्रतिनिधि सभाको बैठकमा नै प्रचण्डले आफुहरु चाँडै सत्तामा पुग्न सक्ने बताए ।

उनले भने, ‘मैले संसदमा हाम्रो ३२ जना सांसद संख्यालाई जादुयी संख्या भनेको थिएँ। अहिले पनि हाम्रो संख्या जादुयी (म्याजिक) नै छ,’ माओवादीको एक कार्यक्रममा प्रचण्डले भने, ‘हामी प्रमुख प्रतिपक्षी पार्टी हौँ। विपक्षी दल भनेको गभर्मेन्ट इन वेटिङ (सरकार पर्खिरहेको दल)हो, यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रो हो।’ प्रचण्डलाई अहिले डर लागेको विषय भनेको रास्वपा अध्यक्ष रवि लामिछानेको गिरफ्तारी र दल विभाजन सम्बन्धी अध्यादेश ।

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेले चाहेको अवस्थामा दल विभाजनसम्बन्धी अध्यादेश आउने निश्चित छ । दल विभाजनसम्बन्धि अध्यादेश ल्याएको अवस्थामा माओवादी पार्टीको निसाना हराउनेछ । सोही कारण प्रचण्ड डराएका छन् । अर्को विषय सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापतिलाई उन्मुक्ति दिनु र आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जागिर दिनु । सत्ता परिवर्तन गर्न सके घाटामा गएको प्राधिकरणलाई अन्य सरकारले भन्दा बढी रकम दिने सोचमा समेत प्रचण्ड छन् ।

अहिले सत्ता बाहिर रहेकाले यी सबै कुरा प्रचण्डलाई फलामको चिउरा चपाउनु जतिकै मुस्किल भएको छ । सरकार परिवर्तन गरेर रविलाई उन्मुक्ति दिए आगामी दिनमा माओवादी केन्द्रको भविष्य राम्रो हुने विश्लेषणमा छन् प्रचण्ड । तर नेकपा एमाले नेतृत्वको सरकारले देशमा देखा परेको समस्या समाधानका लागि सहकारीमा मुछिएका जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने र कारबाही गर्ने नीति लिएकाले प्रचण्डलाई उक्त विषय सही लागेको छैन् ।

प्रचण्डले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बेलामा पनि विभिन्न आरोप लगाउदै जनतासामु भ्रम फैलाउने काम गरिरहेका छन् । सत्तामा पुगेर विगतमा जस्तो राजनैतिक वृतलाई नै विभिन्न टुक्रामा चिरा पार्ने सपना बुनेका प्रचण्डलाई सत्ता समिकरणको विषय सहज भने कदापि छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *