देश

सडकको आन्दोलनले सर्वसाधारणलाई सास्ती, नागरिकको ज्यान जोखिममा

काठमाडौं । सहकारीमा सयौँ बचतकर्ताहरुले जम्मा गरेको करोडौँको रकम हिनामिना प्रकरण संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषी करार भएपछि सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरि अनुसन्धान गरिहको बेला अनुसन्धानलाई प्रभावित पार्ने र सरकार ढाल्ने खेलमा प्रतिपक्ष दल लागेका छन् ।

रास्वपाले सरकारले रवि लामिछानेमाथि गरिरहेको अनुसन्धान प्रभावित पार्नका लागि राज्यविरुद्ध विभिन्न किसिमका फन्डा निकालेर सडक आन्दोलन गरिरहेको छ । यसको प्रत्यक्ष असर सर्वसाधारण र यात्रुहरुमा परेको छ । विभिन्न पाँच सहकारीको ६५ करोड रुपैँया हिनामिना गरेकाले सहकारी पीडितहरुलाई न्याय दिने र देशमा सुशासन कायम गर्न सरकारले भ्रष्ट्राचारमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बेला रास्वपाले देशभरीका रास्वपाका नेता तथा कार्यकर्ताहरु जम्मा गरेर सडमा जाम गर्ने र सरकारको भौतिक क्षेति गर्ने किसिममा लागेको छ ।

अन्य पार्टीका नेताहरु विभिन्न काण्डमा दोषी हुँदा सहज रुपमा सरकारले कुनै पनि काण्डमा दोषी भएका व्यक्तिलाई अनुसन्धान गर्नुपर्ने भन्दै अन्य पार्टीले सरकारलाई थप अनुसन्धानमा सहयोग गर्दै आएका थिए भने रास्वपाले जनलहर जम्मा गरेर सडक बन्द गर्दै हिँडेको छ । रवि लामिछानेका विषयमा सत्य प्रमाणका आधारमा अदालतले निर्णय गर्ने तर नेता तथा कार्यकर्ताहरुको भिड किन सडकमा ? रास्वापको आन्दोलनले सरकारको भौतिक क्षेति र मानवीय क्षेती समेत हुने आँकलन गरिएको छ । यसको जिम्मेवारी रास्वापाले लिन सक्छ ? यस्तै आफ्नो प्रधानमन्त्रीत्व कार्यकालमा सहकारी प्रकरणमा रविलाई छुट दिएपछि नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकारले रविलाई पक्राउ गरेपछि नेकपा माओवादी केन्द्रले रास्वापाले आन्दोलन जारी राखेको समयमा नै सरकार ढाल्ने रणनीतिका साथ सडक आन्दोलनको घोषणा गरेको छ ।

सरकारले देशमा सुशासन कायम गर्ने उदेश्यले भ्रष्ट्राचारमा मुछिएका व्यक्तिहरुमाथि अनुसन्धान बढाएपछि माओवादी केन्द्रका अध्यक्षले सडकमा शक्ति प्रदर्शनको घोषणा गरेका हुन् । यसको नकरात्मक प्रभावबारे रास्वपा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोच्न सकेका छैन्न् ।

विगतमा विभिन्न पार्टीहरुले शान्तिपूर्ण भनेर गरेका आन्दोलनमा सयौँ नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । त्यति मात्र हैन सवारी साधन तोडफोड र विभिन्न संरचनामा समेत क्षेति पुगेका घटनाहरु छन् । त्यसबाट सरकारले करोडौँको क्षेति बेहोर्नु परेको छ । मानवीय तथा भौतिक क्षेति न्युनीकरणका विषयमा रास्वपा र माओवादी केन्द्र कहिले सोच्ने ? सँधै हिँसाको बाटो मात्र रोजेर समस्या समाधान कसरी हुन्छ ? माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै यहि शनिबार खबरदारी सभा गर्ने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानको विषयलाई मुख्य मुद्धा बनाएर सडक आन्दोलन सुरु गर्न लागेको छ । सरकारले उक्त विषयमा काम गरिरहेको छ । तर विपक्ष दलले सरकारका कम्जोरी देखाएर सरकार ढाल्न सकिन्छ कि भनेर सोचिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *