राजनीति

मधेश मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् ।

मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए ।
कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् ।

एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको सतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *