देश

‘त्रिशूलीमा खसेको जीपका चालक अर्को गाडी चढेर गए’

काठमाडौँ । त्रिशुली नदीमा खसेको बोलेरो जीपका चालक सकुशल रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ः४० मा त्रिशुली नदीको ३ नम्बर पुलमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जीप दुर्घटनामा कुनैपनि मानवीय क्षति भएको छैन ।

प्रत्यक्षदर्शीले प्रहरीलाई बताए अनुसार गाडीका चालक करिब ५ः३० बजे अर्को गाडी चढेर गएको देखेका थिए । गाडी दुर्घटना हुनु अघि चालकले हाम फालेर ज्यान जोगाएको र अर्को गाडीमा कतै गएको पाइएको प्रहरीको भनाई छ ।

बी आर ०९ जी सी १४३० नम्बरको जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *