रिबन

भारतमा फेरि फैलियो कोरोना, पाँचको मृत्यु

काठमाडौं । छिमेकी देश भारतमा फेरि कोरोना भाइरस देखापरेको छ ।

पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा चारजना केरला र एकजना उत्तर प्रदेशका छन्। भारतसँगै सिंगापुरमा पनि कोरोना भाइरसको नयाँ सवभेरियन्ट देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आइतवार ३३५ नयाँ केसहरू दर्ता भएका छन् । त्यसपछि सक्रिय केस बढेर १७ सय एक पुगेको छ। केरलामा कोरोनाको नयाँ सबभेरियन्ट पुष्टि भएको छ।

हालसम्म भारतमा चार करोड ५० लाख चार हजार ८१६ कोरोना संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३१६ पुगेको छ। यस रोगबाट निको हुनेको संख्या चार करोड ४४ लाख ६९ हजार ७९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९८.८१ प्रतिशत र मृत्युदर १.१९ प्रतिशत छ ।हालसम्म भारतमा २२०.६७ करोड डोज कोभिडविरुद्धको भ्याक्सिन दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *