काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।
आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । नेपाल र यूएईको छनोटको सेमिफाइनल खेल हेर्न उल्लेख्य समर्थकको उपस्थिति रहेको थियो ।
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो ।














