काठमाडौँ । आसिफ सेखले भारतविरुद्ध अर्धशतक पुरा गरेका छन् । आसिफले उत्कृष्ट ब्याटिंग गर्दै ८८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । आफ्नो अर्धशतकीय पारीमा आसिफले ७ चौका प्रहार गरेका थिए ।
आसिफले एकदिवसीय क्यारियरमा यो १०औं अर्धशतक हो ।
एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।
आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।
यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ ।२८ओभरमा १२५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।




