खेलकुद

नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ । नेपालले भारतविरुद्ध पहिलो विकेट गुमाएको छ । ३८ रन बनाएर खेलिरहेका कुशल भुर्तेल आउट भएका छन् । उनलाई भारतीय बलर श्रदुल ठाकुरले आउट गरेका हुन् ।

भुर्तेलले पहिलो विकेटका लागि आसिफ सेखसँग ६५ रनको साझेदारी गरेर नेपाललाई ठोस शुरुवात दिएका थिए ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *