खेलकुद

एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पुरा

काठमाडौँ । कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।

भुर्तेलले ४६ खेल खेल्दै एक हजार रन पुरा गरेका हुन् । एशिया कप अन्तर्गत भारतविरुद्ध ६ रन बनाएसँगै भुर्तेलको एक हजार रन पुरा भएको हो ।

उनी नेपालका लागि एकदिवसिय क्रिकेटमा एकहजार रन बनाउने तेस्रो खेलाडी हुन् । नेपालका लागि कप्तान रोहित पौडेलले १४६९ रन बनाएका छन् भने आसिफ सेखले ११९९ रन बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *