काठमाडौँ । नेपालले पाकिस्तानका दुवै ओपनरलाई ओत गरेको छ । एशिया कपको पहिलो खेलमा पाकिस्तानविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको नेपालले दुवै ओपनरलाई आउट गरेको हो ।
छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् । सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका हुन् ।




