काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ ११ गते हुने संसदीय समितिको सभापतिको निर्वाचनमा उमेदवारी दिने निर्णय गरेको छ । रास्वपाले शुक्रबार बसेको संसदीय दलको बैठकले उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार अब रास्वपाले आजैबाट सभापतिको दौडका लागि गृहकार्य थाल्नेछ । तर रास्वपा कुन–कुन समितिमा उमेदवारी दिने भन्ने विषयमा निष्कर्षमा पुगेको छैन । राष्ट्रियसभा र प्रतिनिधिसभा गरी १२ वटा संसदीय समितिमा सभापति चयन गर्न बाँकी छ। साउन २२ गते कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र जनमत पार्टीले सभापतिको भागभण्डाका विषयमा निर्णय गरेका थिए ।




