काठमाडौं । आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले ४६.४ ओभरमा १० विकेट गुमाउँदै १८१ रन बनाएको छ ।
युएईका लागि कुनै पनि खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । ओपनर आसिफ खान शून्य रनमै आउट हुँदा अर्का ओपनर आर्यन शर्माले २८ रन जोडे ।
वृत्य अरविन्दले ४४ रन, रमीज शहजादले १० रन, रोहन मुस्तफाले ३५ रन, बासिल हमिदले २९ रन, अली नसीरले ४ रन, संचित शर्माले १२ रन, पलानियापन मयप्पनले रन र मुहम्मद जवाद उल्लाहले रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा करन केसीले दुई विकेट लिए भने प्रतिश जी.सी, गुलसन झा र दिपेन्द्र सिंह ऐरीको नाममम एक-एक विकेट रह्यो ।
यस खेलको विजेताले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ । शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो ।
प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ । साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन् ।




