देश

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत मंगलबार भएको खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३५ रन जोडेको हो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए । उनलाई नेपालका बलर सन्दीप लामिछानेले आउट गरे । मलेसियाका विरेनद्वीप सिंहले ४६ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन, ललित राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए । नेपालले आज मलेसियासँग बलिङमा मध्यम खेल खेल्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *