काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन् ।
सत्ता गठबन्धनले काठमाडौंमा गरेको बाग्मती प्रदशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष नेपालले संविधानलाई धुजाधुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न अहिलेको गठबन्धन बनेको भन्दै ओली पतन भएर जाने दाबी गरेका हुन् ।
नेपालले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिमगनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकताबद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई आग्रहसमेत गरे ।




