काठमाडौं । सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड सार्वजनिक गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको थियो । सरकारले बजेट भाषण गर्दा १५ प्रतिशतले तलब वृद्धि गर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयका शाखा अधिकृत चन्द्र दहालका अनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७९ साउन १ गते देखि लागु हुने गरी नयाँ तलवमान एवं ग्रेड कायम भएको छ ।
प्राविधिक ग्रेडका सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/१०/२७ को निणर्यानुसारको व्यवस्था बमोजिम २०५७ साल साउन १ गतेभन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरुको हकमा २०७९ साउन १ गतेवाट बृद्धि भएको तलब समावेश गरी एक दिनको तलब वरावरको १ (एक) ग्रेडको दरले हुने प्राविधिक २ (दुई) ग्रेड वापतको रकम पाउने भएका छन् ।




