रिबन

मंसीरमा हुने चुनावका लागि ४० दल दर्ता

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र संघीय चुनावका लागि शुक्रबारसम्म ४० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

निर्वाचन आयोगका अनुसार अधिकांश साना दलले दल दर्ता गराएका छन् ।

ठुला दलमध्ये नेकपा एमालेले दल दर्ता गराइसकेको छ भने नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले शुक्रबारसम्म दल दर्ता गराएका छैनन् ।

आयोगले साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *