काठमाडौं । चीनले केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अनुदानमा गरिदिने भएको छ।
चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधि मण्डलसँगको दुईपक्षीय वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री वाङ यीले अनुदानमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने बताएका छन् ।
चिनियाँ विदेश मन्त्री यीले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने बचन दिएका छन् । विदेशमन्त्री यीले सन् २०२२ भित्र नेपाललाई ८० करोड चिनियाँ युआन (१५ अर्ब बढि रूपैयाँ) नेपाललाई दिने घोषणा गरेको छ । मन्त्री खड्काले भने रासायनिक मल उपलब्ध गराइदिन र नेपालमा रासायनिक मल कारखाना सञ्चालनको सम्भाव्यता अध्ययन गरिदिन चीनलाई अनुरोध गरेको थियो ।
वार्ताका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको भन्दै नेपाली भूमि चीनविरूद्ध प्रयोग हुन नदिने बताएका थिए ।




