रिबन

साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए । नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोकेपनि पूर्णता भने दिएका छैनन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको प्रकाशशरण महतले जानकारी दिए ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसले सो निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *