काठमाडौं । नेकपा एमालेले शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ ।
आज बिहीबार उपसभामुख पदका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । आज दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भन्ने विषयको आन्तरिक छलफलका लागि एमाले शीर्ष नेताहरु छलफलमा जुटेका छन । उक्त छलफल आज केपी शर्मावली निवास बालकोटमा जारी रहेको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने छलफल भइरहेको छ । पार्टीको आन्त।िक बैठक सकिएपछिमात्र कसलाई उमेद्वार बनाउने भन्ने विषयमा ट्ङ्गो लाग्ने नेम्वाङको भनाइ छ । ‘विभिन्न तहमा छलफल भइरहेको छ, छलफल सकिएपछि मात्रै कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्छ’, नेम्वाङको भनाइ छ । उपसभामुखको निर्वाचनलाई केन्द्रित गरेर पार्टीका सवै सांसदहरुलाई शुक्रबारको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन उनले आह्वान गरेका छन् ।
‘ उनले भने,‘हामीले हाम्रा सवै माननीयहरूलाई शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका छौ ।’
सत्ता गठबन्धनले गठबन्धन भित्रैबाट उम्मेदवार अघि सारे एमालेले पनि उम्मेदवार उठाउने एमाले नेताहरुको भनाइ रहेको छ ।
प्रतिनिधि सभामा सत्ता गठबन्धनको बहुमत भएकाले गठबन्धनका तर्फबाट काँग्रेसका पुष्पा भुसाललाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।




