काठमाडौं । निर्वाचन आयोगले मंसिर २ अर्थात ५ गते संघ र प्रदेश सभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगका अनुसार मंसिर २ अर्थात ५ मा एकै चरणमा संघीय तथा प्रदेशको निर्वाचन गर्ने सिफारिस गर्ने तयारीमा निवाृचन आयोग रहेको छ ।
निर्वाचनका आयोगका प्रवताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे सुझाव दिने तयारीमा आयोग रहेतापनि प्रधानमन्त्रीको व्यस्थताको कारण उक्त काम सफल नभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका एक स्रोतका अनुसार भोली (बुधवार) प्रधानमन्त्रीलाई भेटेर प्रस्ताव बुझाउने तयारी रहेकोे छ ।




