काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगायपछिमात्र केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारीमा रहेका छन् । भोलि (बुधवार) पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव तयारी गर्ने योजना रहेको गिरिराजमणि पोखरेलको भनाइ छ ।
उनले भने,‘‘हामी बिहान नेताहरु बसेका थियौँ । बैठकबाट पदाधिकारीसहित पार्टीको स्थायी र पोलिटब्युरो सबै टुंगो लगाउन अध्यक्षलाई अख्तियारी दिएका छौं ।, ‘भोलि बस्ने केन्द्रीय समितिमा अध्यक्ष कमरेडले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने नेताहरुको नाम प्रस्ताव गर्ने योजना रहेको उनको भनाई छ । भोली पुनः बस्ने बैठकबाट नामावली तयार हुने उनले बताए । पार्टी पदाधिकारी बनाउने भएपछि महासचिव सहित अन्य पदमा पनि जटिलता देखिन थालेको छ ।
नेकपा केन्दजवरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी गरिएको थियो । सोही पदमा कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि थप समस्या पैदा भएको छ । चुनाव गरेपनि आफू वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयार रहेको यादवले बैठकमै राखेका छन् । यस्तै महराले आफू महासचिव नहुने हो भने वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन ।
यसैगरी महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा प्रमुख दावेदार रहेका छन् भने पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेत समेत आकांक्षीमा रहेका छन् ।
नेकपा केन्द्रको बैठकमा कस्ले कृन भुमिका र पदका लागि चयन हुने भन्ने विषयमा पनि अन्योल नै रहेको बताइएको छ ।




