काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् ।
आलेले हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।
यसअघि आलेसहित नेकपा एसका १० सांसदले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकोमा असहमति जनाउँदै ध्यानाकर्षण पत्र लेखेका थिए ।
उनीहरूले पार्टीको संसदीय दल बैठक बोलाउन पनि माग गरेका थिए । तर, आलेसहित ६ जनाले उक्त पत्रबाट नाम फिर्ता लिइसकेका छन् ।




