राजनीति

सरकारको कार्यशैली परिवर्तनका लागि नेपालमा ब्युरोक्रेसी सुध्रिनुपर्छ : आरजु देउवा

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले उखान टुक्का सुनाएर जनता हँसाउन नेपाली कांग्रेस तल्लीन नभएको बताएकी छिन् ।

काँग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजित कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओली प्रति व्याङ्ग्यात्मक शैलीमा यस्तो बताएकी हुन् । केपी ओलीले जनतालाई गफ लगाएर हैरान पारेको र विकासका काम पनि पादर्शी नदेखाए जस्तै नेपाली कांग्रेसले त्यसो गर्न नजानेको बताएकी हुन् ।

नेपाली कांग्रेस देशको ठूलो पार्टी भएकाले त्यस्ता काममा अगाडी नसर्ने र सधैँ जनमुखी भएर नै जनताका काम गर्दे आएको र विकासका आयोजनाहरु पनि पादर्शी बनाएर नै अगाडी बढाउदै आएको उनको भनाइ छ ।

काँग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासा, समस्या सुन्न र समाधान गर्न समस्या समाधान गर्नका लागि पार्टीभित्र विभाग बनाउनुपर्ने बताएकी छिन् ।

विभागले पार्टीभित्रका आन्तरिक द्धोन्दमा मलम लगाउने सल्लाह गरेर अगाडी बढ्नका लागि पनि कांग्रेस पार्टीभित्र विभागको आवश्यक रहेको देउवाले बताएकी छिन् । विगतका समयमा पार्टीभित्र देखिएका समस्याहरुको समाधान गर्दै नै अगाडी बढीरहेको हुनाले अझ आगामी दिनमा पार्टीलाई सक्रिय मजबुत बनाउनका लागि पनि नेपाली कांग्रेसभित्र विभागको आवश्यकता रहेको उनको धारणा रहेको छ ।

काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ आवश्यक रहेको र जनताका समस्याका समाधानक लागि पनि निर्वाचित जनप्रतिनिधिका आवश्यक रहेकोले एकअर्कामा सहमती सहकार्य तथा समानुपातिक विकासका आधारमा अगाडी बढ्न समेत उनले स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि तथा जनतालाई आग्रह गरेकी छिन् । स्थानीय निर्वाचनको समयमा नै पार्टीभित्र अन्र्तघात भएको र अवका दिनमा त्यस्तो नगरी कार्यव्यावस्थामा परिर्वन गर्न आवश्यक रहेको समेत उनले धारण व्यक्त गरिन् ।

पार्टीका नेता तथा कार्यकर्ताले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ। टिकट नपाउँदाको तिक्तताले पार्टीभित्र नै दुर्घटना निम्तिने गरेको छ ।’ ब्युरोक्रेसीलाई सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै ब्युरोक्रेसीले सुध्रिएको खण्डमा सरकारका काम कारबाहीले गतिशीलता पाउन सकिने उनले बताइन ।

‘ नेपाली कांगँेसभित्र पनि नेकपा एमालेले जस्तो उखान टुक्का सुनाएर जनतालाई भ्रममा पार्ने नक्कली व्यवहार नभएको उल्लेख गरेकी छिन । एउटा पार्टीभित्र सच्चा छवि भएको नेतृत्वको आवश्यक रहेर नेपाली कांग्रेका कार्यकर्ता तथा नेताहरुले नै अझ बढी ध्यान दिनुपर्ने उल्लेख गरिन् ।


यस्तै विनियोजित बजेट कार्यन्वयन नभएकाले गरिब राष्ट्र नेपाल झन पछि पर्र्दै गएको उनको भनाइ छ । नेपाल धनी देश हो , गरिब होइन तर बजेटको कार्यन्वयन नभएकाले गरिब बन्दै गएको उनले बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *