काठमाण्डौं । मधेश प्रदेशको सप्तरी जिल्लामा अनौठो दृश्य देखिएको छ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भए लगत्तै विजय जुलुस निकाल्न भनेर सप्तरीको रुपनी गाउपालिकामा सार्वजनिक विदा दिइएको छ । गाउपालिकाले निकालेको बक्तब्यमा नवनिर्वाचित अध्यक्ष दिनेश यादवको आदेशमा सार्वजनिक विदा दिइएको जनाइएको छ । उनले गाउपालिका भित्र रहेका सरकारी कार्यालयलाइ विदा दिएका हुन । उनको आदेशमा गाउपालिकाका प्रशासकिय अधिकृतले सार्वजनिक विदा घोषणा गरेका हुन । उनको यो हर्कतको विरोध भइरहेको छ ।





