रिबन

रामकुमारीलाइ निर्वाचन आयोगको अर्को पत्र,मन्त्रीको हैसियतमा चुनावमा नजाउ

काठमाण्डौं । सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाइ निर्वाचन आयोगले अर्को पनि सचेत पत्र पठाएको छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेपछि अमेरिका भ्रमणमा गएको भनेर पहिलो पटक पत्र काटेको आयोगले दोस्रो पटक जिल्ला भ्रमणमा जादा मन्त्रीको सुविधा प्रयोग नगर्न भनेको छ । उनलाइ आयोगले पार्टी नेताको रुपमा भ्रमणमा जान पाइने तर मन्त्रीको रुपमा नपाइने भनेर पत्र लेखेको छ ।आयोगले यस्तो पत्र लेखेपछि मन्त्री झाक्रीले निर्वाचन आयोगले जारी गरेको आचार संहित पालना गर्नु आफनो कर्तब्य भएको लेखेकी छिन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *