काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने दाबी गरेका छन् ।
एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असार १७ गते गठबन्धनको आयु सकिने बताएका हुन् ।
े
प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिषीमा धेरै विश्वास गर्ने नेता भएको भन्दै उनले भने,‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नु होस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’
असार १७ गतेकै डेटलाइनबारे भने अध्यक्ष ओलीले धेरै खुलाएनन् ।




