काठमाण्डाै । नेकपा एकीकृत समाजवादीले ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित गराउन सफल भएको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेपछि तिनिहरु निर्विरोध भएका हुन् । समाजवादीबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
एमालेले समाजवादीले कहि पनि चुनाव जित्दैन भनेर दावा गरेकाे बेलामा समाजवादीले भने ३५ स्थानमा जितेकाे छ ।




