रिबन

एमालेमा रातारात टिकट खोसिने बढे,मेयरको टिकट पैसावालको हातमा

काठमाण्डौं । नेकपा एमालेमा चुनावको मुखमा रमिता देखिन थालेको छ । स्थानीय तहको चुनावको अन्तिम समयमा पैसाको बलमा टिकट दिने र दिइसकेकालाइ खोस्ने गर्न थालेपछि युवा नेताहरु हतोत्साहित हुन थालेका छन । काठमाण्डौंका चन्द्रागिरि नगरपालिकामा मेयरका उम्मेदवार भनेर सम्पुर्ण तयारी गरिसकेका थिए–एमालेका पुराना नेता हरिशरण थापाले । उनलाइ पार्टीेले टिकट पनि दिएको थियो । तर उम्मेदवारी दर्ता गर्न जान रयाली सहित सडक यात्रा गरिरहेका वेलामा उनको टिकट खोसियो । उनको ठाउमा उत्तमवावुलाइ टिकट दिइयो । विनाकारण टिकट दिएर पनि खोसेपछि एमाले युवापििक्त आक्रोशित हुदै अध्यक्ष केपी ओलीको शैलीको विरोधमा उत्रिएका छन । काठमाण्डौंमा मात्र होइन,धुनषामा पनि यस्तै गरेका ओलीले । टिकट पाएका थिए–मिथिला नगरपालिकाका हरिनायारण महतोले । उनी निवर्तमान मेयर पनि हुन । उनी पनि उम्मेदवारी दर्ताको लागि जादै गर्दा टिकट खोसियो । उनको ठाउमा जग्गाको कारोवारी राजाराम महतोलाइ टिकट दिइयो । पोखरामा त यतिसम्म भयो कि वयोवृद्ध दिपक पौडेलको टिकट मात्र खोसिएन,उनलाइ औंठी चोरेको आरोप समेत लगाइयो । उनको ठाउमा कृष्ण थापालाइ टिकट दिइएको छ । देशैभर पैसावाललाइ छानी छानी टिकट दिइएपछि अहिले एमाले भित्र आक्रोश उत्पन्न हुन थालेका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *