काठमाडौं ।नेपाली कांग्रेसले चुनावी तालमेलपछि आफ्नो भागमा परेका तीन महानगरपालिकामा पनि भागबण्डा गरेको छ।
स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा भएको भागबण्डापछि आफ्नो भागमा परेका महानगरको प्रमुखका लागि कांग्रेसले भागबण्डा गरेको हो।
चुनावी तालमेलमा कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका परेका थिए।
ती महानगरहरूको प्रमुखका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. शेखर कोइराला र अर्का नेता प्रकाशमान सिंहबीच भाग लगाइएको छ।
आन्तरिक भागबण्डा गर्दै सभापति देउवाले ललितपुरमा आफूनिकट चिरिबाबु महर्जनलाई महानगर प्रमुखमा दोहोर्याएका छन्। उनले विराटनगर नेता डा. कोइराला र काठमाडौं नेता सिंहलाई दिएका छन्।
कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाएको छ । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन गठबन्धनबाट उम्मेदवार बनेका छन् । विराटनगरमा भने जिल्ला उपसभापति नागेश कोइरालाले मेयरको टिकट हात पारेका छन् ।




